ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

२०८२ असार ०२ सोमवार
सारांश
  • सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसंग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी दिएका हुन् ।

जनकपुर ; नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।


सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसंग छलफल गर्दै गभर्नर डा.पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारवाही गर्ने चेतावनी दिएका हुन् । 
धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखि ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा.पौडेलले यस्तो निर्देशन दिएका हुन ।


छलफमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए । सो कुरामा  गभर्नर डा.पौडेलले गम्भिरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए ।


उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकैसंग राम्ररी व्यवहार गर्न र ग्रामिण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।


छलफलका क्रममा मिटरब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरु राम्रो भएपनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरुलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझः गार्हो भएको निश्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे ।


छलफलमा बैंकहरुका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिनेको संख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको संख्या बढी भएको गुनासो गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार